पौष २ रौतहट । यातायात व्यवस्था कार्यालय गौर, रौतहटमा अनलाईन फर्म प्रणालीको जटिलताका कारण सेवाग्राहीहरू सेवा बाट बन्चित भएका छन । यातायात व्यवस्था कार्यालय गौर, रौतहटमा सेवामा देखिएको अनियमिता तथा अनलाइन फारम आवेदन अनलाईन फर्म प्रणालीको जटिलताका कारण सेवाग्राहीहरू अनावश्यक रूपमा मारमा परेका छन ।
लाइसेन्ससम्बन्धी सेवा लिन कार्यालय पुगेका सेवाग्राहीहरूले अनलाइन प्रणाली सहज नहुँदा समयमै सेवा नपाएको गुनासो गरेका छन्। अनलाइन फारम नखुलेको, प्रक्रिया बुझ्न कठिन भएको तथा बारम्बार समस्या देखिँदा दैनिक जीवन र रोजगारीमा समेत असर परेको उनीहरूको भनाइ छ।

साथै एक अटो चालक ले भने बाटोमा अटो चलाउदा ट्राफिक प्रहरी ले लाईसेन्स चेक गर्ने बेला आफु संग नहुदा सास्ती खेपनु परेको साथै एक अर्का सेवाग्राही ले अनलाईन फर्म बारे बुझ्न लाई मात्र तिन सय रुपैयाँ खर्च गरेर आउनु परेको बाध्यता समेत सुनाए ।

यस अवस्थाप्रति ध्यानाकर्षण गराउँदै सेवाग्राहीहरूले अनलाइन फारम आवेदन प्रणालीलाई सरल, व्यवस्थित र सेवामुखी बनाउन छिटो सुधारको पहल गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। सेवाग्राहीमैत्री सेवा प्रवाह सुनिश्चित गर्न तत्काल सुधार आवश्यक रहेको उनीहरूको माग छ।



