बीरगज । पर्सामा अबैध बालुवा र सालको काठ सहित ट्याक्टर तथा साइकिल प्रहरी ले नियन्त्रणमा लिएका छन पर्सा प्रहरीले छुट्टाछुट्टै स्थानबाट अबैध बालुवा तथा काठ बरामद गरी ट्याक्टर र साइकिल नियन्त्रणमा लिएको छ ।
आज बिहान करिब ७ बजे पर्साको जिराभवानी गाउँपालिका–४ हुलाकी राजमार्गस्थित हरैयाबाट जगरनाथपुरतर्फ जाँदै गरेको बा ७ त १२८७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो । सो ट्याक्टरले अवैध रूपमा उत्खनन गरिएको बालुवा बोकिरहेको अवस्थामा पक्राउ गरी इलाका प्रहरी पोष्ट सुपौलीमा राखिएको पटेर्वा सुगौली ईलाका प्रहरी कार्यालय प्रमुख प्रकाश थापा द्वारा जानकारी
यस्तै, विशेष सूचनाको आधारमा गए राति करिब १ बजे पर्सागढी नगरपालिका–४ रामवनस्थित क्षेत्रबाट दुईवटा साइकिलमा सालको काठ ओसारिरहेको अवस्थामा प्रहरी टोलीले सालको काठ दुई थान बरामद गरेको छ ।
बरामद काठ र साइकिललाई प्रहरी चौकी बड्निहारमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ दशैं को मौका छोपी अबैध काम गर्ने हरु सक्रिय भएका छन् तर हामी सुरक्षा का लागी कटिबध रहेका ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का प्रमुख थापा द्वारा जानकारी ।



