मो.तन्वीर आलम रौतहट । नेपाल युवा नेतृत्व विकास केन्द्रक अध्यक्ष रिजवान बढ्ईको सभाध्यक्षमा रौतहट जिल्लाको कटहरिया नगरपालिकामा पालिकाका १५० जना युवाहरुलाई युवा मानसिक स्वास्थ्य सम्बन्धी १ दिने तालिम सम्पन्न भएको छ।
उक्त तालिमका मुख्य उद्देश्य हालै देशभर जेनजी आन्दोलनका कारण उत्पन्न भएको सामाजिक, राजनीतिक तथा मनोवैज्ञानिक प्रभावलाई ध्यानमा राख्दै प्रदान गरिएको छ।
विद्यार्थी तथा युवाहरूलाई तनाव व्यवस्थापन, मानसिक सन्तुलन कायम राख्ने तरिका, सामाजिक जिम्मेवारी, र सकारात्मक सोच विकास गर्ने विषयमा दिनेश प्रसादले प्रशिक्षण दिनु भएको थियो। हालै भएको जेनजी आन्दोलनले देशभरका युवायुवतीमा गहिरो प्रभाव पारेको छ ।
आन्दोलनका क्रममा हिंसा, तोडफोड, र सरकारी सम्पत्तिमा क्षति भएपछि विद्यार्थी तथा युवा समुदायमा असुरक्षा, निराशा र मानसिक दबाब बढेको बताइन्छ।
यस्तो अवस्थामा स्थानीय तहबाटै मानसिक स्वास्थ्यप्रति सचेतना फैलाउन गरिएको प्रयासलाई सहभागी विद्यार्थीहरूले स्वागत गरेका छन्। उक्त तालिम नेपाल युवा नेतृत्व बिकास केन्द्रको आयोजना तथा लायन्स क्लब अफ जनकपुर मिथिला सिटिको सहकार्य र कटहरिया नगरपालिका वडा नं।४ को समन्वयमा गरिएको छ ।



