वीरगञ्ज । मधेश प्रदेश सरकारले वीरगञ्जमा बढ्दो खानेपानी संकट समाधान गर्न ८ वटा वारुणयन्त्रसहितको विशेष टोली परिचालन गरेको छ । बुधबार बिहान मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरस्थित प्रदेश सरकारका वारुणयन्त्रहरू वीरगञ्ज तर्फ पठाएका हुन् ।
मुख्यमन्त्री सिंहका अनुसार, पानीको गम्भीर अभाव झेलिरहेको वीरगञ्ज र आसपासका क्षेत्रमा सहज आपूर्ति सुनिश्चित गर्न यो कदम चालिएको हो । उनले प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग उपलब्ध ८ वटा वारुणयन्त्र मचष्लपष्लन धबतभच मष्कतचष्दगतष्यल का लागि पठाइएको जानकारी दिएका छन् ।
“एक पटकमा ४० हजार लिटर पानी ढुवानी गर्न सक्ने क्षमता भएका यी वारुणयन्त्रहरू २४ घण्टा तयारी अवस्थामा खटिने छन्,” सिंहले बताए । ती यन्त्रहरू नेपाली सेनाको व्यवस्थापनमा सञ्चालन हुनेछन् ।
यसअघि, प्रदेश सरकारले वन कार्यालयका ३ वटा पानी ट्याङ्कर मार्फत वितरण कार्य थालिसकेको थियो । त्यसका अतिरिक्त नेपाली सेनाले पनि ७ वटा ट्याङ्कर र १ वटा वारुणयन्त्र थप पठाउने तयारी गरिरहेको छ ।
मुख्यमन्त्री सिंहले प्रदेश सरकार नागरिकसँगै रहेर काम गरिरहेको भन्दै संघीय सरकार, स्थानीय तहहरू र दातृ निकायसँग समन्वय गर्दै उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गरिने बताए । “संकटको घडीमा सरकार जनताको साथमा छ, र हामी समस्या समाधानमा पूर्ण रूपमा प्रतिबद्ध छौं,” उनले भने ।
