जनकपुर । मधेश प्रदेश सरकारले तयार पारेका दुई विधेयक प्रमाणीकरण भएका छन् । मंगलबार प्रदेश प्रमुख सुमित्रा भण्डारीले अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयनसम्बन्धी विधेयक र आर्थिक वर्ष २०८२/०८३ का लागि सञ्चित कोषबाट रकम विनियोजन र खर्चसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी हुन् ।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव सत्रुधन यादवका अनुसार यी दुवै विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको छ । यससँगै यी विधेयक कार्यान्वयनमा जाने बाटो खुलेको ।
