वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलिले धोबिनि गा-पा-१ घोडदौड स्थित भारतबाट अबैध रुपमा पैठारी गरी भारतिय नं. प्लेटको मोटर।साईकल।मा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको २४ काटुन (२४०० गोटा ) प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पुरा गरी स्थानीय जन प्रतिनिधी, संचारकर्मी तथा क्वारेनटाईन कार्यालयका प्रतिनिधिहरुको रोहरबरमा नष्ट गरिएको हो ।
उक्त चल्ला पैठारी कार्यमा संमलग्न जिल्ला पर्सा जगनाथपुर गा-पा-२ जानकीटोल बस्ने अ.वर्ष ४५ को नवि देवान तथा यस कार्यमा प्रयोग भएका मो.सा.आवश्यक कारवाहिका लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको शसस्त्र प्रहरी बल पर्साका सुचना अधिकारी शसस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंह द्धारा जानकारी ।
