वीरगञ्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका सुरक्षागार्डले बिरामी कलिजा खातुनको कुरुवा बसेका आफन्तलाई मेडिकल कलेजका सुरक्षा गार्डले दुर्व्यवहार गरेका छन ।
।
हात भाँचिएर विगत १५ दिन देखि नेशनल मेडिकल कलेजमा अपरेशन गराई सजिर्कल वार्डमा उपचार गराई रहेकी कलिजा खातुनलाई कुर्न बसेका आफन्तहरुलाई नै बिरामीसँग भेट्न नदिएर मेडिकल कलेजका सुरक्षागार्डले दुव्र्यवहार गरेको बिरामीका आफन्तले गुनासो गरेका छन् ।
बुधबार विहानदेखि कुरुवालाई विरामीसँग भेटन नदिएपछि कुरुवा र सुरक्षा गार्डबीच विवाद भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । सुरक्षा गार्डले जान नदिएपछि कारण सोध्दा उनीहरुले दुव्र्यवहार गरेको बिरामीका आफन्तको भनाई छ । घटनाको विषयमा नेशनल मेडिकल कलेजले भने अस्वीकार गरेको छ ।
मेडिकल कलेजका प्रशासन प्रमुख गौशुल आजमले अस्पतालमा बिरामीका कुरुवाहरु भुँईभरी सुतेर बाटो अवरुद्ध बनाउने गरेपछि सुरक्षा गार्डहरुले हटाएको बताएका छन । उनले बिरामीका कुरुवाहरुले राति पनि वार्ड मै सुत्न खोज्ने र सुत्न नमिल्ने भनेर सुरक्षा गार्डले हटाउदा नमानेर विवाद शिर्जना भएको बताए ।
सुरक्षा गार्डले बिरामीका कुरुवालाई दुर्व्यवहार भने नगरेको आजमको जिकिर छ । घटनाको विषयमा जानकारी पाएपछि उनी आफै गएको र त्यस्तो दुर्व्यवहारको घटना भने नभएको बताए । पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सुरक्षा गार्डले समान फाल्दिन्छु भन्ने प्रस्टै सुनिएको छ ।
