धनुषा । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । सबैला नगरपालिका- ८ ठिल्लास्थित सडकमा म प्र ०२–००७ प ५५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना भएको हो ।
दुर्घटनामा सोही ठाउँ बस्ने मोटरसाइकल चालक १८ वर्षीय अमन राय र मोटरसाइकलको पछाडि सवार धनुषाकै विदेह नगरपालिका- ७ जोगियारा बस्ने १६ वर्षीय अंगज कुमार रायको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
