वीरगञ्ज । वडा प्रहरी कार्यालय विर्ताले भन्सार छली चोरी पैठारी ल्याइएका सामग्री बरामद गरेको छ । सीमावर्ती भारतीय बजारबाट भन्सार राजस्व छली चोरी पैठारी गरी वीरगन्जतर्फ ल्याउँदै गरेको कपडा, चकलेट र प्याज प्रहरीले बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय बिर्ताको टोलीले वीरगञ्जको नगवा, भिस्वालगायतका क्षेत्रबाट करिब १५ लाख मूल्य रुपैयाँबराबरको भन्सार छली गरी भित्र्याइएको कपडा, चकलेट र प्याज बरामद गरेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरी निरीक्षक बोगटीका अनुसार बरामद सामग्रीलाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।



