काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारको कारणले स्थानीय सरकारले राम्रोसंग काम गर्न नसकेको बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मीक समयमा बोल्दै शाहीले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन सरकारले आनाकानी गर्ने गरेको भन्दै सरकारको कारण स्थानीय सरकारले राम्रोसंग काम गर्न नसकेको बताउनुभएको हो ।
उहाले अहिले काठमाडौंसहित धेरै पालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाउदा शिक्षक, कर्मचारीदेखि काठमाडौंमा सरस फाइ गर्ने कर्मचारीले तलब खान नपाएको उल्लेख गर्नुभयो । उहाले तहमा प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तहमा पठाउन रोक्ने काम भएको भन्दै भत्र्सना समेत गर्नुभयो । सांसद शाहीले दुर्गममा समानीकरण अनुदान कटौती भएकाले यथाशिघ्र यसमा ध्यान दिन आग्रह गर्नुभयो ।
