काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शनका लागि भक्तजनको भीड लागेको छ । आज बिहानैदेखि पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव मन्दिर, तनहुँको शुक्लेश्वर महादेव मन्दिर, जनकपुरधामको बाबा भूतनाथ महादेव मन्दिरलगायतका विभिन्न ठाउँका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो छ ।
काठमाडौं पशुपतिनाथ मन्दिरमा पूजाअर्चनाका लागि आएका भक्तजनको घुइँचो लागेको छ । वीरगञ्जको अलखिया मठमा पूजाअर्चनाका लागि लामबद्ध भक्तजनहरुको भिड लागेको छ ।
