काठमाडौं । नेपाली बजारमा सुनको भाउमा नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ तोकेको छ ।
चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँमा रहेको चाँदी यस दिन १९७० रुपैयाँमा झरेको छ ।
