वीरगञ्ज । वीरगञ्जको ठाकुर राम बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघद्वारा बृहत् विद्यार्थी भेलाबाट आज ठाकुरराम बहुमुखी ने।बि।संघ इकाई अध्यक्षमा राहुल दास चयन भएका छन् ।
लामो समय देखि रिक्त रहेको उक्त पदमा संघको विधान २०२७ को सातौँ संसोधन २०७५ एंम केन्द्रीय कार्य समितिको निर्देशन अनुसार दासलाई चयन गरिएको छ । नेविसंघका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि विकेश पटेलको उपस्थितिमा दासलाई अध्यक्षमा चयन गरीएको हो ।

