वीरगञ्ज । बारा प्रहरीले लागूऔषध गाँजासहित मोटरसाईकल नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी बरिष्ठ नायब निरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा न. २१ अमलेखगंज चोक स्थितमा हेटौंडाबाट वीरगञ्जतर्फ जादै गरेको नम्बर नखुलेको मोटर साईकलमा सवार प्रहरीलाई देख्नसाथ झोला फालेर फरार भएको र उक्त झोला खोली हेर्दा लागूऔषध गाँजा २८ के।जी बरामद गरिएको हो ।
त्यसैगरी हेटौंडाबाट वीरुगञ्जतर्फ जादै गरेको बा. प्र ०२–०४४ प ६७५५ नम्बरको पल्सर मोटरसाईकलमा सवार २ जना व्याक्ति प्रहरी टोलीलार्य देख्नसाथ झोला र मोटरसाईकल फाली फरार भएको थियो । उक्त झोला खोलीबाट २७ किलो ९० ग्राम लागू औषध गाँजा, बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले दुबै घटनाबाट लागूऔषध गाँजा जम्मा ५५ किलो, आईफोन एक थान र एक थान मोटरसाइकल बरामद गरेको छ ।
