वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जको भन्सार क्षेत्रबाट स्रोत नखुलेको रु ६ लाख ५ हजारसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति भारतको पूर्वी चम्पारण पन्टोका ग्राम पञ्चायत वडा नम्बर १ भलुवाहाका ३८ वर्षीय विशेश्वर यादव हुन्।
सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित भन्सार मेनगेटमा चेकजाँचका क्रममा यादवलाई नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ आउदै गरेको बा ४१ प ८४९३ नम्बरको मोटरसाईकलमा सवार यादवलाई चेकजाँच गर्ने क्रममा उनीसँग नेपाली रुपैया ६ लाख ५ हजार १८५ भेट्यो । सोधीखोजी गर्दा उनले ती रुपैयाको स्रोत खुलाउन नसकेको कारण नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले बताए । नियन्त्रणमा लिइएको यादव सवार मोटरसाईकलको दुई लाख र उनीबाट बरामद १ थान मोवाईलको मुल्यांकन मूल्य २५ हजार कायम गरिएको छ ।
