जनकपुर । बलिदानी दिवस पारेर मधेश प्रदेश सरकारले शनिबार जानकी मन्दिरमा एक लाख दीप प्रज्ज्वलन गर्दैछ । मधेश आन्दोलनका क्रममा शहीद भएकाको स्मरणमा शनिबार साँझ जानकी मन्दिरमा दीप प्रज्ज्वलन गर्न लागेको मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले जानकारी दिए ।
प्रदेश सरकारले शहीदका परिवारलाई अभिनन्दन कार्यक्रम गर्ने पनि राखेको छ । शहीदको सम्झनामा प्रदेश सरकारले शुक्रबार अन्तरसंवाद कार्यक्रम पनि गरेको थियो ।
