काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशका तराई क्षेत्र र काठमाडौं उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेका ले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
बिहानको समयमा तराई र उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात, र हवाई उडानमा असर पर्न सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको हो।
महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, मधेस, बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आज मौसम मुख्यतया सफा रहने छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने दिउँसो हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना रहेको छ । विभागका अनुसार आज राति दुवै प्रदेशमा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
