काठमाडौं । जनकपुरमा एक पुरुषको शव भेटिएको छ । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित दुर्गा मन्दिर परिसरमा अन्दाजी ६० वर्षीय वृद्धको बिहीबार राति शव भेटिएको प्रहरीले जनाएको छ ।
टाउकोमा इट्टा प्रहार भएको अवस्थामा उनको शव फेला परेको प्रहरीको भनाइ छ । मागेर खाने र राति मन्दिर छेउमै सुत्ने गरे को पाइएको छ । उनी सुत्ने ठाउँमै उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । प्रहरीले कुकुरसहित टोली परिचालन गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
