काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा तीन दिनदेखि लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले घटेको छ ।
यसअघि, बिहीबार तोलामा १ हजार ७ सय रूपैयाँले घटेको थियो । आज सुन तोलामा १ लाख ४८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २० रूपैयाँले घटेर १ हजार ७ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
