काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ । कीर्तिपुर का त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर १९.५ ओभरमा ११७ रनमा अलआउट भएको हो ।
विराटनगरका लागि राजेश पुलामीले २५ रन बनाए । दीपक बोहराले भने २० रन बनाए । काठमान्डुका लागि गेहार्ड इरास्मसले ३, दीपेश कंडेलले २ तथा साहाब आलम, करण केसी र राशिद खानले १–१ विकेट लिए ।



