वीरगञ्ज । नेपाल पत्रकार महासङ्घ पर्साको अध्यक्षमा ओमप्रकाश खनाल निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न निर्वाचनमा पत्रकारहरूको उल्लेख्य सहभागिताबीच भूषण यादव उपाध्यक्ष र विजय चौहान सचिव पदमा विजयी भएका छन्।
महासङ्घको निर्वाचनमा पत्रकारहरूले उत्साहपूर्वक भाग लिँदै नयाँ नेतृत्व चयन गरेका हुन् । निर्वाचित अध्यक्ष खनालले पर्साको पत्रकारिता क्षेत्रको स्वतन्त्रता, विकास, र पत्रकारहरूको हकहित सुनिश्चित गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।
निर्वाचन समितिका अनुसार पर्साका पत्रकारहरूले लोकतान्त्रिक प्रक्रियालाई आत्मसात् गर्दै नेतृत्व चयन गरेका छन्, जसप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरिएको छ । नव निर्वाचित कार्यसमितिले पत्रकारिता क्षेत्रको मजबूतीका लागि मिलेर अघि बढ्ने अपेक्षा गरिएको छ ।
महासङ्घको यो निर्वाचन देशभरका सबै शाखाहरूमा एकैसाथ सम्पन्न भएको थियो । लोकतान्त्रिक प्रणालीमार्फत नेतृत्व चयन भएको यस प्रक्रियाले पत्रकारहरूको सहभागिता र नेतृत्वप्रतिको विश्वासलाई झल्काएको छ ।



