वीरगञ्ज । वीरगञ्जबाट साढे २२ किलो लागु औषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिष्वा होटल अगाडी चालिस फिट्टे सडक एरियाबाट प्रहरीले लागु औषध चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बुधबार साँझ ना.१५ प ११५६ नम्बरको मोटर साईकललाई रोकी जाँच गर्ने क्रममा मोटरसाईकललाई सवार उनीहरूको साथबाट साढे २२ किलो लागु औषध चरेस जस्तो देखिने पदार्थसहित पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक भारतीले बताए ।
पक्राउ पर्नेहरुमा बारा सिम्रौनगढ–४ हरिहरपुर निवासी मकसुद अन्सारी, सोही ठाँउका रामलाल सहनी र भारत बिहार मोति- हारी ग्राम आदापुर बस्ने मुकेश कुमार रहेका छन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । उनीहरुमाथि लागु औषधसम्बन्धि कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनाएको छ ।
