काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाको उपाधि क्यानडाले जितेको छ । गएराति भएको खेलमा ओमानलाई ५ विकेटले हराउँदै शीर्ष स्थानमा रहेर क्यानडाले त्रिकोणात्मक टी–२० शृङ्खलाको उपाधि जितेको हो ।
ओमानले दिएको ८३ रनको लक्ष्य क्यानडाले १४ ओभर १ बलमा ५ विकेट गुमाएर भेटायो । क्यानडाका लागि निकोलस किर्तोन ले २० रन बनाए । ओमानका कलीमुल्लाह र अकिब इलियासले समान २ विकेट लिए ।
यसअघि क्यानडाको किङ्ग सिटीमा टस हारेर ब्याटिङ गरेको ओमान १९ ओभर ४ बलमा ८२ रनमा अलआउट भयो । ओमान का अकिब इलियासले सबैभन्दा धेरै ३५ रन बनाए । क्यानडाका अखिल कुमार र प्रभीन कुमारले समान ३ विकेट लिए ।
त्रिकोणात्मक टी–२० शृङ्खलामा क्यानडाले ४ खेलमा ६ अङ्क जोड्दै शीर्ष स्थानमा रह्यो । नेपाल ४ खेलमा ४ अङ्कसहित दोस्रो र ओमान ४ खेलमा २ अङ्कसहित अन्तिममा रह्यो ।
