काठमाडौं । भारतको बरेलीस्थित कल्याणपुर गाउँमा रहेको अवैध पटाका कारखानामा ठुलो बिस्फोट भएको छ । बिस्फोटमा परि पाँचजनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते हुनुका साथै एकजना बेपत्ता भएको भारतीय संचारमाध्यमले जनाएका छन ।
बिस्फोटमा एक महिला, दुई बालकसहित अन्य २ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । यसैगरि विस्फोटले पाँँच वटा घर भासिएको बताइएको छ । प्रहरीको अनुसार बिना लाइसेन्स चलाइराखेको पटाका कारखानामा भएको लापरवाहीका कारण विस्फोट भएको जनाएको छ ।
