काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बाढि पहिरो लगायतका विपदमा परेका घाइतेहरुको उपचारमा कुनै कमि हुन नदिने बताउनुभएको छ । बिहीबार बाढी तथा पहिरोलगाएत प्राकृतिक प्रकोपमा परि घाइते भइ वीर अस्पतालको ट्रमा सेन्टरमा उप चार गराइरहेकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै मन्त्री पौडेलले प्राकृतिक प्रकोपबाट घाइते भएकाहरुको उपचारमा कुनै कमी हुन नदिने बताउनुभएको हो ।
उहाले सवै घाइतेहरुको निशुल्क रुपमा उपचार भइरहेको जानकारी दिनुभयो । मन्त्री पाडैलले उपचार आवश्यक रहेका तर अस्पताल आउन नसकेका नागरिकहरुलाई पनि सम्पर्कमा आउन आग्रह गर्नुभयो । बिपतपछि आउनसक्ने महामारीलाई नि यन्त्रण गर्नका लागि मन्त्रालय सजक रहेको उहाले बताउनुभयो ।
