वीरगञ्ज । वीरगञ्ज कलेजले आयोजना गरेको दुई दिने फुड फेस्टिभल एंव सांस्कृतिक महोत्सव शनिवार सम्पन्न भएको छ । विपी उदानको खाली जग्गामा सम्पन्न समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिती समेत रहेका जसवन्त यादवले कलेजले गरेको कार्यको उच्च सराहना गरेका थिए ।
कलेजका अध्यक्ष डा दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कालेजका प्र अ बिनोद गुप्ता, वीरगञ्ज उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, शिक्षक बिनोद गुप्त,नवीन मिश्र लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा स्कुलका विद्यार्थीहरु सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेक थिए । कार्यक्रमको संचालन संचारकर्मी उज्ज्वल घिमिरेले गरेको थियोे ।



