१६ कात्तिक, काठमाडौं । नेपालमा सञ्चालनमा रहेका विभिन्न एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया औपचारिक रूपमा अघाइएको छ ।
नेपाल आयल निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमअन्तर्गत विभिन्न नाम र ब्रान्डमा छरिएर सञ्चालनमा रहेका ग्यास उद्योगलाई मर्ज गर्ने नीति कार्यान्वयन गर्न यो कदम चालेको हो ।
यसैक्रममा निगमले गत कात्तिक १२ गते देशका सबै ग्यास उद्योगलाई पत्राचार गर्दै गाभिने नीतिलाई प्रोत्साहन गर्न र सोहीअनुरूपको कार्ययोजना तयार गरी प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । उद्योगहरू एकआपसमा गाभिँदा बजारमा एलपी ग्यासको बिक्री वितरण प्रणाली अझ बढी व्यवस्थित, सुरक्षित र सहज बन्ने तथा आम उपभोक्तालाई आपूर्ति प्रक्रियामा ठूलो राहत पुग्ने निगमको दृढ विश्वास छ ।
