१६ कात्तिक, वीरगञ्ज । पर्सा जिल्ला अदालत बार एसोसिएसन पर्साको बृहत बैठकले जिल्ला न्यायाधीश नबिन जोशीको इजलास बहिस्कार गर्ने कडा निर्णय गरेको छ। बारको बैठकले न्यायाधीश जोशीको इजलासमा आजदेखि कुनै पनि बहस पैरवी नर्गने निर्णय गरेको हो ।
न्यायाधीश जोशीले न्यायका उपभोक्ताहरूलाई कानुनले दिएको सुविधा प्रयोग गर्न इन्कार गरेको तथा कानुन व्यवसायीहरूप्रति सम्मानजनक व्यवहार नगरेको गम्भीर आरोप लगाउँदै बारले उनको इजलास वा बेञ्च बहिस्कार गर्ने निर्णय गरेको हो ।
यस विषयमा थप छलफल अहिले जारी रहेको पर्सा बार एसोसिएसनकी सचिव प्रतिमा चौरसियाले जानकारी दिईन् ।
