काठमाडौं ।नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले पछिल्लो समय शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद सबै क्षेत्रमा बिकास भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा प्रथम सहिद स्मृति बागमति प्रदेश रनिङ शिल्ड भलिवल प्रतियोगीता उद्घाटन गर्दै पुनले पञ्चायत र राजतन्त्रपछिको गणतन्त्रमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद सबै क्षेत्रमा बिकास भएको बताउनुभएको हो ।
तर जनताको आकांक्षा अनुसार भने अझै पनि बिकास हुन नसकेको उहाले बताउनुभयो । उहाले प्रधानमन्त्रीले सुशासन, समृद्धि र सामाजिक क्षेत्रमा तीव्र रुपले देशको विकास गर्ने संकल्प गरेको अवस्थामा युवाहरुले साथ दिनुपर्ने धारणा राख्नुभयो । उहाले सवै प्रकारको खराव तत्वहरुबिरुद्ध सवै मिलेर लड्नुपर्ने जिकिर गर्नुभयो । उहाले खेल क्षेत्रलाई बिकास गर्न सरकारले प्रयत्न गरिरहेको बताउनुभयो ।
