वीरगञ्ज । पर्सा प्रहरीले १ करोड भन्दाबढी मूल्यको हार्डवेयर सामान लोड रहेको ट्रक पक्राउगरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले गरेको जाँचमा बिलबिजक भन्दा फरक सामान पाइएपछि ट्रक नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका – १९ क्षेत्रबाट प्रहरीले उक्त सामानसहितको ट्रक नियन्त्रणमा लिएको हो ।वीरगञ्जबाट काठमाडौं तर्फ जादै गरेको ना ५ ख १६७ नम्बरको ट्रक पक्राउ गरेको प्रहरी नायब उपरिक्षक प्रवक्ता दिपक भारतीले बताए ।
उनका अनुसार प्रहरीले १ करोड ४२ लाख १ हजार ७९२ मूल्य बराबरका सामान लोड रहेको एक वटा ट्रक पक्राउ गरेको हो । नियन्त्रणमा लिईएको ट्रकमा हार्डवेर फेला परेको प्रहरीले जनाएको छ ।
बरामद सामानसहित ट्रकलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।
