काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहरी बिकासमा देखिएका समस्या समाधान गरेरै अघि बढ्ने प्रति वद्धता जनाउनुभएको छ । आइतबार सिंहदरबारमा नेपाल जग्गा तथा आवास विकास महासङ्घका प्रतिनिधिहरुसंग छलफल गर्दै सिंहले सहरलाई व्यवस्थित तरिकाले अगाडि बढाउनका लागि नीति नियम बनाएर नै अघि बढ्ने समेत बताउनुभयो ।
ग्रोथको इन्जिन सहरी क्षेत्र भएकाले यसलाई व्यवस्थीत गर्दै लैजानुपर्ने उहाले बताउनुभयो । अर्पाटमेन्टदेखि विभिन्न क्षेत्रमा देखा परेका कमी कमजोरीहरुलाई खोजेर समाधान गर्नुपर्नेमा उहाले जोड दिनुभयो । छलफलका क्रममा महासंघका प्रतिनिधिहरुले सहरी ऐन छिटो ल्याएर यस क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।
