काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको भाउ घटेको छ । अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ हजार ५ सय रुपैयाँ बढेको सुनको भाउ आइतबार २ हजार ९ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ ।शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि प्रतितोला ६० रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।
