वीरगञ्ज । लागुऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई वीरगञ्ज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पुर्वी चम्पारण जिल्ला मोतिहारी रामपुर वडा नं. ६ घर भएका ६० वर्षीया श्याम बिहारी साह रहेका छन् ।
उनलाई गत आइतबार प्रहरी चोकी इनर्वाबट खटिएको चेकिङ प्रहरी टोलीले वीरगञ्ज वडा नम्बर १६ स्थित शंकरचार्य गेटबाट संकास्पदरुपमा कालो झोला हातमा बोकेर भारततर्फ जादैँ गरेको अवस्थामा चेकजाँच गर्दा प्रतिबन्धित लागूऔषध गाँजा १ किलो २५० ग्रामसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका साहमाथि जिल्ला अदालत पर्साबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता दिपक भारतीले एनपीडीलाई बताए ।
