काठमाडौं । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधीले कांग्रेस–एमालेको गठबन्धनले जनतामा छाएको निराशा हटाउने गरी काम गर्ने बताउनुभएको छ ।
प्रेस युनियन मोरङले मंगलबार बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले एमाले र कांग्रेसबीच आलोपालो नेतृत्व गरेर अघि बढ्ने र जनतामा छाएको निराशा हटाउने गरी राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको समेत बताउनुभयो ।
उहाले संघियता, समावेशिता र लोकतन्त्रका मुल्य मान्यतालाई थप सुदृढ गरेर संविधान संशोधन गरिने जानकारी दिनुभयो । संघिय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत र परिष्कृत गर्न संविधान संसोधन गर्न लागिएको उहाको भनाइ छ ।
त्यस्तै उहाले केन्द्रमा सत्ता समिकरण परिवर्तन हुदैमा प्रदेशहरुमा सत्ता फेरबदल हुनु संघियताको मुल मर्म विपरित भएको जिकिर गर्नुभयो ।
निधिले विभिन्न प्रकरण, आरोप र विवादहरुलाई संविधान र कानुन अनुसार अघि बढाउने र यसका लागि सत्ता भित्र वा बाहिर हुनुले कुनै फरक नपर्ने बताउनुभयो ।
