वीरगञ्ज । पर्सामा प्रहरीले हुण्डीको कारोबारी भएको आशंकामा एक भारतीय युवकलाई नगद रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको बेतिया जिल्लाको इनरुवा बजार घर भएका ३२ बर्षिइ सिताराम प्रसाद कुशवाहा रहेका छन् । कुशवाहालाई नगद ५ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।
उनका अनुसार, विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिहीबार दिउँँसो पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसियानीमा कुशवाहा सवार म.प्र.०३–०२६ प ५५९२ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो । चेकजाँच का क्रममा उक्त मोटरसाइकलको कार्बोरेटरभित्र लुकाई छिपाई राखिएको नेपाली १ हजार दरको नोट ५ सय थान र ५ सय दरको नोट १ सय थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
श्रोत खुल्न नसकेको उक्त रकम हुण्डी कारोबारको रहेकाले कुशवाहालाई नियन्त्रणमा लिएर उनि बिरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए ।



