काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गरेर कारवाही गर्न माग गरेको छ ।प्रतिनिधिसभाको आइतबारको बैठकको सुरुमै एमालेका सचेतक महेश बर्तौलाले ललितपुरको बालकुमारीमा दुईजनाको मृत्युहुने गरि भएको घटनाको सरकारी छानविन समितिले मन्त्रीकै कमजोरीका कारण घटना घटेको निष्कर्ष निकालेको भन्दै मन्त्री ज्वालालाई बर्खास्त गरेर कारवाही गर्न माग गर्नुभयो ।
सरकारले बनाएको आयोगले दोषी ठानेका मन्त्रीहरूलाई जिम्मेवारीमा राखेर विधिको शासन सुशासन अघि बढाउन नसकिने उहाले बताउनुभयो ।
त्यस्तै उहाले भ्रष्टाचार मुद्धामा अख्तियारमा बयान दिने व्यक्ति समेत मन्त्रीको रुपमा सरकारमा बसिरहेको भन्दै प्रधानमन्त्रीको सुशासन अभियानलाई खिल्लि उडाएको तर्क गर्नुभयो ।
त्यस्तै उहाले घरेपटीको छोरालाई खुसी पार्न रामग्राम क्षेत्र निजी क्षेत्रलाई दिने निर्णय रोकिएपनि यसमा भ्रष्टाचारको आशंका रहेको जिकिर गर्नुभयो ।



