वीरगञ्ज । पर्साका प्रदेशसभा सदस्य श्याम पटेलले केहिदिन पहिले मधेसमा आएको विनाशकारी हावाहुरीबाट प्रभावित भएका परिवारलाई राहतको व्यवस्था गर्न मधेस प्रदेश सरकारसंग माग गरेका छन् । आइतबार मधेस प्रदेश सभाको बैठकमा बोल्दै पटेलले हावाहुरीबाट पर्सा जिल्लामापनि व्यापक क्षति पुगेको बताए ।
उनले विनाशकारी हावाहुरीले पर्साको वीरगन्ज महानगरपालिका, बहुदरमाई नगरपालिका र पर्सागढी नगरपालिकाकाका केहि वडाका साथै जिल्लाका अन्य पालिकाहरुमा पनि व्यापक क्षती भएको बताए। पिडित परिवारहरुलाई प्रदेश सरकारका तर्फबाट आवश्यक राहत तथा क्षतीपूर्तीको व्यवस्था गर्नुपर्ने पटेलले माग गरे ।



