वीरगञ्ज । पर्सामा रहेका स्थानीय तहहरुमा बेरुजु रकम बढदै गएको छ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार पर्सामा रहेका १४ स्थानीय तहहरुको कुल बेरुजु रकमहालसम्म रु सात अर्ब ५२ करोड २१ लाख ३८ हजार देखिएको छ । बढ्दो बेरुजूमा कुनै स्थानीय तहले चासो नदेखाएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगंज महानगरको तीन अर्ब ९२ लाख ८४ हजार बेरुजू रहेको छ । पोखरिया नगरपालिकाको ४८ करोड ७८ लाख ६४ हजार बेरुजू रहेको छ । यस्तै पर्सागढी नगरपालिकाको २९ करोड ६४ लाख ६५ हजार बेरुजू रहेको महालेखा परिक्षकको कार्यालयले जानकारी दिएको छ ।
बहुदरमाई नगरपालिकाको हालसम्म ३५ करोड ६१ लाख बेरुजू रहेको महालेखा परिक्षकको कार्यालय जारी गरेको बार्षिक प्रतिबेदनमा जनाईएको छ ।



