वीरगञ्ज । मधेसको नाम लिएर मधेसी जनता बेच्न नपाईने पर्साबाट निर्बाचित मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले बताएका छन । आइतबार मधेस प्रदेश सभाको बैठकमा बोल्दै उनले मधेसका जनताको समस्यालाई सम्बोधन गर्दै बर्तमना प्रदेश सरकार अघि बढने बिश्वास ब्यक्त गरे ।
मधेस प्रदेशमा बुलेट ट्रन चलाउन पुर्बाधारको बिकाश अझै भई नसकेकोले मधेसलाई बुलेट ट्रेन बनाउन नभई हिरो होण्डा नै बनाई दिए पुग्ने अन्सारीको भनाई थियो । उनले नवनियुक्त मुख्यमन्त्री सतिश सिँहलाई अगामी दिनमा सफल कार्यकालको शुभकानमना समेत ब्यक्त गरेका थिए ।
यसअघिका मुख्यमन्त्री लालबाबु राउत गदीले पाँच बर्ष नै मधेस सरकार चलाएकोले सरोज यादवलाई पनि पाँच बर्ष नै मुख्यमन्त्री हुन्छु भन्ने भ्रम भएका कारणले नै अहिले प्रदेशमा सरकार परिबर्तन भएको अन्सारीले बताए । देशका हरेक नागरिकले राष्ट्रको बिशेषता आधार र धरोहरहरुमा अपनत्व लिन सक्ने बताउदै त्यो नै सँबिधानको सौन्दर्यता भएको अन्सारीले बताए ।



