पर्सा । आफ्नै ५ महिने छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगञ्ज महानगरपालिका-१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
आरतीले २०८० साउन २७ गते बिहान घरमा कोही नभएको बेला छोराको घाटी थिची हत्या गरी फरार भई भारत पूर्वी चम्पारण थाना रक्सौल पोष्ट सिहपुर हरैयाग्राम एकडर्वा टोलमा बस्दै आएकोमा हाल वीरगञ्जमा घुमफिर गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका-१३ बाट पक्राउ गरेको हो ।
जिल्ला अदालत पर्साबाट २०८० कात्तिक १९ गते आरती कुमारी भएको ज्यानसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



