काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरि स्थगित भएको छ । शुक्रबार बोलाइएको बैठक बस्दै नवसी सूचना टाँस गरि स्थगित गरिएको हो । अर्को बैठक यही जेठ ६ गते बिहान ११ बजेका लागि तय भएको संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेताहरूसँग संवाद गरेपछि सभामुखले बैठक स्थगित गर्नुभएको हो ।
सभामुख देवराज घिमिरेले आगामी बैठक सौहार्दपूर्ण वातावरणमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सहकारीको रकम हिनामिना भएको विषयलाई लिएर संसदीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरोध गर्दै आएको छ ।



