वीरगञ्ज । पर्सामा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । पोखरिया नगरपालिका-९ बैरीयास्थित सडकमा मधेस प्रदेश ०३–०३१ प ९६७५ नम्बरको मोटरसाइकल र ना २८ प ९४४३ नम्बरको मोटरसाइकल बिहीबार राति एकआपसमा ठोकिएका हुन् ।
दुर्घटनामा ना २८प ९४४३ नम्बरको मोटरसाइकलमा सवार वीरगञ्ज महानगरपालिका-१९, केहुनियाका २२ वर्षीय इरफान मियाँको मृत्यु भएको पर्सा प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थान नीलकण्ठ अस्पताल वीरगञ्ज तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मधेस प्रदेश ०३–०३१ प ९६७५ नम्बरको मोटरसाइकलमा सवार ३ जनाको नेसनल मेडिकल शिक्षण अस्पतालमा र ना २८प ९४४३ नम्बरको मोटरसाइकलका चालकको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ।



