काठमाडौं । प्राचीन मिथिला क्षेत्र जनकपुरमा आज धुमधामका साथ जानकी नवमी मनाइँदैछ । आदर्श नारी सीता प्रकट भएको वैशाख शुक्ल नवमीमा यो पर्व मनाइने परम्परा छ । यो पर्वका अवसरमा हिजैदेखि आयोजित विभिन्न धार्मिक अनुष्ठान आज सकिँदैछ ।
सीता, वैदेही, जनकनन्दिनी, मिथिला, रामिणी र किशोरीजीलगायत धेरै नामले जानकीलाई पुकारिन्छ । हिन्दू परम्परा र मान्यतामा देवीस्वरूपा मानिने जानकी अघि त्रेता युगमा वैशाख शुक्ल नवमीका दिन प्रकट भएकी विश्वास गरिन्छ । पर्वका अवसरमा मिथिलाका मठ, मन्दिरमा यो पर्व वैशाख शुक्लपक्ष शुरु भएसँगै नौ दिनसम्म विभिन्न विधिका साथ मनाउने चलन छ ।



