एजेन्सी । भारतको मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा मृत्यु हुनेको सङ्ख्या १४ जना पुगेको छ । १५ हजार वर्गफिटको होर्डिङ बोर्ड खसेर भएको दुर्घटनामा ७० जनाभन्दा धेरै घाइते भएका छन् । ७० मिटर लामो होर्डिङ बोर्ड पेट्रोल स्टेसन र आसपासमा रहेका घरमा खसेको बीबीसीले जनाएको छ ।
मुम्बईमा वर्षा र धुलोको आँधीले रुखहरू ढलेसँगै बोर्ड खस्दा गाडीहरू च्यापिएका छन् । त्यहाँ उद्धारको काम भैरहेको छ । सोमबार साँझ मुख्यमन्त्री एकनाथ सिन्देले घटनास्थलको निरीक्षण गरेका थिए । उनले मृतकका परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।



