वीरगञ्ज, २९ भदौ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन्।

विशेष अदालतले आज गरेको फैसलाबाट सिंहले सफाइ पाएका हुन्। फैसलापछि मेयर सिंहले आफूले न्याय पाएको भन्दै खुसी व्यक्त गरेका छन्।
फैसलापछि नगरवासीमा समेत खुसी छाएको बताइएको छ। मेयर सिंहले आफूलाई न्याय दिएको भन्दै विशेष अदालतप्रति धन्यवाद व्यक्त गरेका छन्।
सिंहले अदालतको फैसलाले आफूविरुद्ध लगाइएको आरोपबारे सत्य स्पष्ट भएको बताएका छन्।
