एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि युद्धविरामको उल्लङ्घन जारी रहे ‘इरानको अस्तित्व मेटिने’ धम्की दिएका छन् । ट्रम्पको यो धम्की इरानमाथि अमेरिकाको ताजा हमलापछि आएको हो ।
अमेरिकी सेनाले दाबी गरेअनुसार, इरानले पानामाको झन्डा भएको एउटा तेल ट्याङ्करलाई निशाना बनायो, त्यसपछि अमेरिका ले इरानमाथि हमला गरेको हो ।
अमेरिकी राष्ट्रपतिले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘युद्धविराम सम्झौताको फेरि उल्लङ्घन भएकोले अमेरिकी विमानहरूले इरानका मिसाइल र ड्रोन भण्डारण अखडाहरू तथा राडार साइटहरूमा हमला गरेका छन्।’
उनले भने, ‘यो पूर्ण रूपमा सम्भव छ कि उनीहरूले कहिल्यै पाठ सिक्ने छैनन्। यस्तो समय आउन सक्छ जब हामी उचित रवैया अपनाउने स्थितिमा रहनेछैनौँ र हामीले जुन काम निकै सफलतापूर्वक सुरु गरेका थियौँ, त्यसलाई सैन्य बलबाट पूरा गर्न बाध्य हुनुपर्नेछ।’उनले चेतावनी दिँदै थपे, ‘यदि त्यस्तो भयो भने, इस्लामिक रिपब्लिक अफ इरान अस्तित्वमा रहनेछैन।’
