काठमाडौं ।असार ५ गते नेपाल भित्रिएदेखि नै कमजोर अवस्थामा रहेको मनसुन सक्रिय हुन थालेको छ। जसले गर्दा कम्तीमा ३ दिन देशका धेरै स्थानमा वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार गएरातिदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। अब कम्तीमा ३ दिन यो क्रम जारी रहने देखिएको छ । मौसमविद् पुडासैनीका अनुसार यो खबर बनाउँदासम्म पनि काठमाडौँ उपत्यकाका थोरै स्थानमा वर्षा जारी छ।
