काठमाडौं । पर्सा स्थित वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको मालवाहक ट्रकबाट प्रतिबन्धित औषधि ट्रामाडोल बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले असार ८ गते साँझ करिब ७ बजे राजस्व छलीको आशङ्कामा बा.प्र. ०३-००१ ख ३३४६ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको थियो ।
ट्रकको जाँचका क्रममा ट्रामाडोल १ लाख २० हजार ६२० क्याप्सुल फेला पारी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
