८ असार, काठमाडौं । रोल्पाको माडी गाउँपालिका-२ खोलवाङस्थित घोराही-थवाङ शहीद मार्गमा सोमबार यात्रुबहाक बस दुर्घटनामा परेको छ ।
थवाङबाट घोराहीतर्फ जाँदै गरेको रा.१ ख. ३१०१ नम्बरको बस उकालोमा अचानक ब्रेक फेल भई सडकमा पल्टिँदा १२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बसमा चालकसहित २९ जना सवार रहेका थिए ।
दुर्घटनामा सामान्य घाइते भएका १२ जनाको उद्धार गरी उपचारका लागि माडी गाउँपालिका-२ घर्तीगाउँस्थित स्मृति अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
बस चालक रोल्पाको थवाङ गाउँपालिका-३ मिरुलका अन्दाजी ३२ वर्षीय सन्तोष कामी रहेका छन् ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।
