१८ जेठ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भ्रमणका लागि भारतको नयाँ दिल्ली पुगेका छन्। उनी केही बेरअघि दिल्ली विमानस्थलमा अवतरण गरेका हुन्।
उनलाई विमानस्थलमा भारतीय जनता पार्टी (भाजपा) का महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवाले ले स्वागत गरेका थिए।
लामिछाने नितिन नबीनको निमन्त्रणामा भारत भ्रमणमा गएको बताइएको छ। उनीसँगै उनकी पत्नी निकिता पौडेल, रास्वपा सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य पनि रहेका छन्।
नयाँ दिल्लीमा सभापति लामिछानेले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ।
